प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
फाल्गुण २०८०
सवारी दुर्घटना : स्याङ्जा
२०८०-११-२९

जिल्ला स्याङ्जा वालिङ न.पा.१ त्रियासी सिद्धार्थ राजमार्गमा वालिङबाट हेलु तर्फ जाँदै गरेको ग१०प ९७९४ नं.को मोटरसाइकलले पैदलयात्री ९ माझी गाँउ बस्ने वर्ष ५७ की गोत कुमारी माझिलाई ठक्कर दिँदा घाईते भई उपचारको लागि प्रा.स्वा.के.वालिङ स्याङ्जा ल्याईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि २१:३० बजे गण्डकी मेडिकल कलेज पोखरा रिफर भएको, घाईतेको वायाँ खुट्टा र टाउकोमा चोट अवस्था मध्यम, मोटरसाइकल चालक जिल्ला स्याङ्जा अर्जुनचौपारी गा.पा.१ बस्ने वर्ष २९ को कमल अर्याल र मो.सा. नियन्त्रणमा रहेको, चालकको कागजपत्र सबै भएको र मा.प.से.नगरेको । 

सवारी दुर्घटना: न.प. ( पूर्व )
२०८०-११-२३

जिल्ला न.प.(पूर्व) कावासोती न.पा.३ हलचोक स्थित पूर्व-पश्चिम राजमार्गमा कावासोति बाट बर्दाघाट तर्फ जादै गरेको ना ८ ख ८५८६ नं.को ट्रकले विपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिदाँ साईकल चालक जिल्ला अर्घाखाँची मालारानी गा.पा.१ घर भई हाल जि.न.प. (पूर्व) कावासोती न.पा.३ सहिद स्मृती मार्ग बस्ने बर्ष २८ को गोपाल आचार्य घाईते भई उपचारको लागि स्थानिय कालिगण्डकी सामुदायिक अस्पताल पठाईएको, दायाँ हात र टाउकोमा चोट अबस्था सामान्य, उपचारमा घाईतेको दाजु ऋषीराम आचार्य र ट्रक चालक जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा.९ बस्ने बर्ष २७ को भुपाल सुनुवार संलग्न रहेको, ठक्कर दिने ट्रक यस कार्यालयको नियन्त्रणमा रहेको आवश्यक अनुसन्धान भईरहेको ।

सवारी दुर्घटना ( न.प. पूर्व )
२०८०-११-१३

जिल्ला न.प.(पूर्व) गैँडाकोट न.पा.२ भृकुटी चोक पूर्व पश्चिम राजमार्गमा नारायणगढबाट बर्दिया जाँदै गरेको बा.प्र.०६००१ख ०१९६ नं.को बसले सोही दिसा तर्फ जाँदै गरेको ना३६प ९०४५ नं.को स्कुटर लाई ओभरट्याक गर्ने क्रममा बिपरित दिशाबाट आईरहेको ग१च ७१५२ नं.को बिरामी बोकी आएको एम्बुलेन्समा ठोक्किन जाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको तिन वटै सवारी साधन र बस र एम्बुलेन्स चालक नियन्त्रणमा रहेको । निम्न घाईतेः- १.स्कुटर चालक जि.न.प.(पूर्व) गैडाकोट न.पा. ६ बस्ने वर्ष ३३ को किसोर गौतमको खुट्टामा चोट अवस्था सामान्य । २.एम्बुलेन्समा सवार डाइलोसिस को बिरामी जि.न.प.(पूर्व) मध्यबिन्दु न.पा.१२ बस्ने वर्ष ७५ को मान बहादुर टाउकोमा चोट अवस्था सिरियस । ३.एम्बुलेन्समा सवार ऐ.बस्ने वर्ष ४० को भोट ब.कुमालको खुट्टामा चोट अवस्था मध्यम । ४.सोही एम्बुलेन्समा सवार ऐ.बस्ने वर्ष ४५ को सोम ब.कुमालको निधारमा चोट अवस्था सामान्य 

अधिक लोड >>
कम देखाउनुहोस् <<